१२ मंसिर २०८३, शनिबार

कांग्रेस महाधिवेशन : केहीबेरमा मतदान सुरु हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको खुल्लामञ्चमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान प्रक्रियाको तयारी पूरा भएको छ ।

मतदानका लागि बुथ निर्माणको काम सकिएको छ ।

मतदान प्रक्रिया अब केही समयमा नै सुरु हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका तय गरिएको थियो ।

तर निर्वाचनको तयारी पूरा गर्न समय लाग्ने भन्दै मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारिएको थियो । त्यसपछि तयारी पूरा नभएपछि निर्वाचन समितिले मतदानको समय फेरि एक घण्टा पछाडि सारेको थियो ।