२८ आश्विन २०८३, बुधबार

एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले लिइन् शपथ (तस्वीरहरु)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को वरिष्ठ नेता पदको शपथ लिएकी छिन् ।

बिहीबार पार्टीको कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमकाबीच भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ गराएका हुन् ।

असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो ।

भण्डारीले वरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको छ ।