२८ आश्विन २०८३, बुधबार

जुम्लामा आज सार्वजनिक बिदा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ ।

हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिक स्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिंगो तान्ने कार्यक्रम हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिए ।

हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिंगो तान्ने गरिन्छ ।

मन्दिरको वार्षिक स्थापना दिवसका दिन पुरानो लिंगो निकालेर नयाँ लिंगो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए ।