२८ आश्विन २०८३, बुधबार

कांग्रेस भोजन व्यवस्थापन संयोजक रानाभाट चुनावी मैदानमा– तारिफ पाएको छु, चुनाव जित्छु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य भएका कास्कीका तिलक रानाभाट कांग्रेसको १५ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यका रुपमा भोट मागिरहेका छन् ।

महाधिवेशनमा भोजन व्यवस्थापन समितिको संयोजक समेत रहेका उनले मैदानमा कार्यकर्ताको उत्साहजनक माया पाइरहेको प्रतिक्रिया पनि दिए ।

‘कांग्रेसको आर्थिक एजेन्डा बलियो बनाउन, पारदर्शिता कायम राख्न र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन मेरो इच्छा छ,’ उनले भने, ‘पार्टीमा केही साथीहरु छुट्नु भएको छ तर विस्तारै समायोजन हुनेछ ।’

१५ औं महाधिवेशनमा भोजन व्यवस्थापनमा कुनै पनि टिप्पणी नआएको दाबी गरेका उनले नौ हजार जनालाई सहज रुपमा खाना खुवाउँदा धेरैबाट तारिफ पाएको पनि बताए ।