काठमाडौं । यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै २’को दोस्रो गीत ‘मायामा एक्सपयारी डेट हुँदैन’ सार्वजनिक भएको छ ।
सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापामा शब्द र दीपक शर्माको संगीत रहेको छ ।
रोमान्टिक शैलीको गीत रहेको भिडियोमा चलचित्रका प्रमुख तीन कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई फिचर रहेका छन् ।
गीतको भिडियोमा श्रीमान–श्रीमतीको भूमिकामा रहेका दीपक र केकीको प्रेमिल दृश्यहरुको बीचमा सनिशाको प्रवेशले थप रोचकता थपेको छ ।
किरण थापाले भिडियोको कोरियोग्राफी गरेका छन् ।
गीतले त्रिकोणात्मक प्रेमको संकेत गर्दछ तर सप्राइज दिन माहिर दीपकको टिमले कस्तो कथा बोलेको छ त्यो भने असोज ३१ गते फूलपातीपछि थाहा हुनेछ ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमीको संयुक्त प्रस्तुती रहेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् ।
निर्देशक लामा र दीपकराजको कथा रहेको चलचित्रको स्क्रिन्प्ले र डाइलग दीपकराजले तयार पारेका छन् ।
चलचित्रमा दिपाश्री निरौला सल्लाहकारको रुपमा रहेकी छिन् ।
चलचित्रमा दीपक, केकी र सनिशाको साथमा कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रका कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन् ।













प्रतिक्रिया