१२ मंसिर २०८३, शनिबार

नयाँ बसपार्कमा इभीको ठक्करबाट महिलाको मृत्यु

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । वीरगञ्जको नयाँ बसपार्क क्षेत्रमा इभीको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

बुधबार बिहान बसपार्क सडकखण्डमा पैदल हिँडिरहेकी वीरगञ्ज महानगरपालिका–१६ नगवाकी ४५ वर्षीया रीमा गुप्तालाई बा.प्र.०३–००१ ज ०७२० नम्बरको इभीले ठक्कर दिएको हो ।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी गुप्ताको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले इभी र चालक सिन्धुलीको कमलामाई नगरपालिका–२ का रामकुमार कार्कीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।