२८ आश्विन २०८३, बुधबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।