२८ आश्विन २०८३, बुधबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६३५ जनालाई कारबाही

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ३०, रातोबत्तीमा २४ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा ५९, हर्न निषेधमा १५, लेन क्रसमा १५, अवस्था ठिक नभएको ७, एकतर्फीमा ५ र अन्यमा ४०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।