काठमाडौं । विश्व फुटबलका महान् खेलाडीमध्ये एक लियोनेल मेस्सी अहिले अर्जेन्टिनाका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन् ।
घरेलु मैदानमा जारी खेलको दोस्रो हाफको ४८ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको छ ।
मेस्सीले कर्नरबाट उत्कृष्ट क्रस गरेको बललाई निकोलस ओटामेन्डीले नजिकैबाट सटिक प्रहार गर्दै जाली चुमाए । यससँगै अर्जेन्टिनाले बेनिनविरुद्ध १–० को अग्रता लिएको छ ।
खेलको पहिलो हाफमा दुवै टोली गोल गर्न सकेका थिएनन् ।
जारी खेलको दशौं मिनेटमा रंगशालामा बेनिनका खेलाडीसहित सबै खेलाडीहरू मेस्सीसँग पुगेर उनीसँग हात मिलाए ।
मेस्सीको बिदाइको अवसरमा आयोजित खेल जारी छ ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीको बिदाइअघि उनको उच्च प्रशंसा गरे ।











प्रतिक्रिया