१२ मंसिर २०८३, शनिबार

२० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा माछापुच्छ्रे बैंकको लगानी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशअन्तर्गत सुनसरीमा पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन गरेको छ ।

माछापुच्छ्रे बैंकले एकल लगानीमा वित्तीय व्यवस्थापन गरेको हो । बैंकले परियोजनामा कुल लागतको ८० प्रतिशत वित्तीय लगानी गर्नेछ । परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ ।

२० मेगावाट क्षमताको यस ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षमता विस्तार गर्न तथा ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासलाई थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्‍याउने ऊर्जा पूर्वाधार परियोजनाहरूमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । यस परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनु बैंकको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धताको निरन्तरताका रूपमा रहेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले आगामी दिनमा पनि नेपालको ऊर्जा आवश्यकता परिपूर्ति, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने परियोजनाहरूलाई प्राथमिकताका साथ वित्तीय सहयोग प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।