काठमाडौं । नेपालमा टीभीएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबईमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । सम्मेलनमा टिभिएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो ।
जगदम्बा मोटर्सर्ले ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ गरी दुई अवार्ड प्राप्त गरेको हो ।

‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ अवार्ड जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाट्र्सको उपलब्धता तथा ग्राहक सेवाका आधारमा प्राप्त गरेको कम्पनीले जनाएको छ ।
यस उपलब्धिबारे जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले भनिन्, “यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका हाम्रा ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो । ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ अवार्ड प्राप्त हुनु भनेको नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेका छन् भन्ने प्रमाण हो । टीभीएस सवारीसाधन प्रयोग गर्ने जो–कोही ग्राहकले आफू उत्कृष्ट सेवाको हातमा रहेकोमा पूर्ण रूपमा विश्वस्त हुन सक्नुहुन्छ ।”













प्रतिक्रिया