९ कार्तिक २०८३, सोमबार

कावासोतीमा धारिलो हतियार प्रयोग गरी एकको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackकावासोती, ४ भदौ । नवलपरासीको कावासोती–१३ स्थित बूढौलीकुनामा गएराति एक जनाको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार बूढौलीकुनाका ४८ वर्षका वीरबहादुर तामाङको गएराति ९ः३० बजे हत्या भएको हो । हत्याको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हत्या कसले गरेको भन्ने यकिन हुन सकेको छैन । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासीमा पछिल्लो समयमा धारिलो हतियार घाँटीमा प्रयोग गरेर हत्या भएका घटना बढ्दै गएका छन् । अर्खलामा केही समय अगाडि आफ्नै श्रीमान्ले श्रीमतीको घाँटी छिनाएर हत्या गरेका थिए ।

मृतक तामाङको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको प्रहरीले जनाएको छ ।