३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिको आदेशमा पत्रकारको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatya-sudanजुबा, ४ भदौ । दक्षिण सुडानका राष्ट्रपति साल्भा किरले पत्रकारलाई मार्ने धम्की दिनुभएको एकदिनमात्र पछि दक्षिण सुडानमा एकजना पत्रकारको हत्या भएको खबर छ ।

उहाँले ती पत्रकारलाई हत्या गर्ने धम्की दिनुभएको मृतक पत्रकारका साथीहरूले बताएका छन् । उनको हत्यापछि अस्पतालमा उपस्थित पत्रकारहरूले राष्ट्रपतिबाटै पत्रकार मार्ने धम्की आएको बताएका हुन् ।

पिटर मोइ नामका ती पत्रकारलाई बन्दुकधारीले गोलीहानी हत्या गरेका थिए । बन्दुकधारीले उनको हत्या गरेपछि उनको साथमा रहेका पैसा र कुनैपनि सामान नलगेका जनाएका छन् ।

राजधानी जुमाको एक अस्पतालमा उनको शव राखिएको स्थानमा पुगेर पत्रकारहरूले आफूहरू पनि राज्य पक्षबाट असुरक्षित भएको बताएका छन् ।

जुमामा यस वर्ष मारिने पत्रकारमा उनी सातौँ हुन् । पछिल्लो समयमा सुडानमा बढ्दै गएको द्वन्द्वका कारण कयौं पत्रकार मारिन र धाकधम्की सहन बाध्य भएका बताइन्छ ।

नियतबस र रिसइबीकै कारण उनको हत्या गरिएको छ– दक्षिण सुडानको पत्रकार युनियनका अध्यक्ष ओलिभर मोदीले बताएका छन् ।

उनका अनुसार पछिल्लो समयमा दक्षिण सुडानको सरकारले आफ्ना विरुद्धमा समाचार लेख्ने पत्रकारलाई तारो बनाएको पनि बताए । रासस/एएफपी