२८ आश्विन २०८३, बुधबार

जनकपुरधाममा महिलाको शंकास्पद मृत्यु, श्रीमान् नियन्त्रणमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ ।

स्थानीय विनोद दासकी पत्नी २० वर्षीया प्रियंका दासको शव उनकै घरको ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक दासको आफन्तका अनुसार आइतबार बेलुकी ६ः५० बजे प्रियंका आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि उनको श्रीमान् विनोदले पासो खोली शवलाई ओछ्यानमा राखेका थिए ।

घटनाको जानकारी हुनासाथ प्रहरी चौकी कपिलेश्वरको टोली घटनस्थलमा पुगेर शवलाई सुरक्षा दिएको थियो ।

अबेर रातिसम्म स्थानीयबासीले घरअगाडि प्रहरी प्रशासनको विरोध गरेका थिए । उनीहरुले मृतक दासको हत्या भएको भन्दै विरोध गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अहिलेसम्म शवको मुचुल्का उठाइएको छैन । प्रारम्भिक सोधपुछका निम्ति मृतकको श्रीमान् विनोदलाई जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ ।

आजै केही बेरमा मुचुल्का उठाएर शव पोस्टमार्टका लागि पठाइने धनुषा प्रहरीले जनाएको छ ।