२१ कार्तिक २०८३, शनिबार

रुकुममा वर्षाले अधिकांश घर उच्च जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rukum-districtरुकुम, ४ भदौ । अविरल वर्षासँगै आएको बाढीले रुकुम जिल्लाको पुर्तिमकाँडा–५ खागलका अधिकांश घर उच्च जोखिममा रहेका छन् ।

बुधबार साँझको अविरल वर्षासँगै आएको बाढीले सिमलचौर, टुमुरेनी, गाउँ क्षेत्रका अधिकांश घर उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।

घर माथिबाट पहिरो आउने डरले गाउँटोलका २४ घरपरिवार, टिमुरेनीका १२ घरपरिवार, सिमलचौरका पाँच घरपरिवार सुरक्षित स्थानतिर सरेका छन् ।

त्यस्तै वर्षासँगै गएको पहिरोले त्यहाँ रहेको जनकल्याण माविको १० लाख बराबरको क्षति गरेको विद्यालयले जानकारी दिएको छ ।

बिहीबार साँझ आएको अविरल वर्षाले विद्यालयका दुईवटा बालमैत्रीधारा, खानेपानी ट्याङ्की, खानेपानीको पाइप पूर्णरुपले बगाएको छ भने विद्यालयको खेलमैदान र तारबार पनि भत्किएको प्रधानाध्यापक टेकम बोहराले जानकारी दिनुभयो ।

बर्सातको समयमा माथिबाट ढुङ्गा खस्ने भएकाले विद्यार्थी, सर्वसाधारण तथा शिक्षकलाई आवतजावत गर्न निकै कठिन भएको छ ।

ढुङ्गा खस्ने डरले बिहीबारदेखि अनिश्चित समयका लागि विद्यालय बन्द गरिएकोे प्रअ बोहराले बताउनुभयो ।

वर्षाले सिमलचौर, एक्ले सल्ला, सिम, चिउरीखेत लगायतका खेतमा लगाएको अधिकांश धान पुरेको छ भने मकै, तरकारी, सुन्तला, कागती, केरालगायत खेतीबालीमा क्षति पुराएको छ ।

जाजरकोटमा पहिरोको डरले चवालीस घर विस्थापित

यता, जाजरकोट जिल्लाका विभिन्न गाविसमा पहिरोको कारण ४४ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्लाको ढिमे गाविस–६ मा परे नेपाली, दलबहादुर तिरुवा, तुल्सी तिरुवा, सर्जन तिरुवा, अवे तिरुवा, रत्न रोकाय, तुल्से रोकाय, ढिमे–३ मा परवीर खड्का, उज्जल खड्का, तुले खड्का र नरबहादुर खड्काको घर पहिरोको जोखिममा परेको भन्दै सुरक्षित स्थानमा गोड बनाएर बसेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

त्यस्तै अछानी–९ टापुचौरमा सात घरधुरी पहिरोले घर जोखिममा परेको भन्दै विस्थापित भएका छन् ।

ढिमेकैं वडा नं ३ को भारमा मा ३० घर जोखिममा परेर पाल हालेर खुल्ला आकाशमा बसेको प्रहरीले बताएको छ ।

विस्थापित जिल्ला प्रशासन कार्यालयमा राहतका लागि आएको प्रजिअ गौतमले बताउनुभयो । रासस