काठमाडौं । आज हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेलले शुभकामना मन्तव्य दिने भएका छन् ।
खुलामञ्चमा आज दिउँसो २ हुने कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा एमालेबाट महासचिव पोखरेल सहभागी भएर शुभकामना मन्तव्य दिनेछन् । यसअघि उद्घाटन सत्रमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली सहभागी हुने बताइएको थियो ।
तर अध्यक्ष ओली बुवाको निधनपछि बरखीमा रहेकाले महाधिवेशनमा सहभागी नहुने भएका हुन् ।
महाधिवेशनमा रास्वपा सभापति रवि लामिछाने, नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, श्रम संस्कृति पार्टीबाट आरेन राई लगायतले शुभकामना मन्तव्य दिनेछन् ।











प्रतिक्रिया