२१ कार्तिक २०८३, शनिबार

राप्रपा नेपालका महामन्त्री गुरुङ बिरामी, उपचार गर्न नयाँदिल्ली प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chandra-Bahadur-Gurung-Daiकाठमाडौं, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्दबहादुर गुरुङ बिरामी हुनु भएको छ । बिरामी भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम महामन्त्री गुरुङ उपचारका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

‘स्वास्थ्यमा खराबी देखिएपछि नेपाली चिकित्सकको सल्लाह बमोजिम राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ आज नेपाल एअरलाइन्सको नियमित उडानबाट भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ’, सहप्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो ।

महामन्त्री गुरुङको भारतको मेदान्त अस्पतालमा उपचार हुनेछ । शुरुमा ग्याष्ट्रिक समस्या देखिएपछि गुरुङ बिगत १५ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

उहाँलाई पछिल्लो समय प्याङक्रियाजमा संक्रमण देखिएको थियो । गुरुङको उपचारमा मेदान्त अस्पतालमा बरिष्ठ ग्याष्ट्रो सर्जन डा. रणबीर सुदसहितको टिम सहभागी हुनेछन् ।

गुरुङको साथमा पार्टी उपाध्यक्ष राजीब पराजुली पनि रहनु भएको छ । राप्रपा नेपाल महामन्त्री गुरुङको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।