कास्की । दुबईबाट पोखरा आएको फ्लाई दुबईको जहाज खराब मौसमका कारण भारतको लखनउतर्फ डाइभर्ट भएको छ । शनिबार साँझ पोखरामा हावाहुरीसहित वर्षा भएपछि विमानस्थल आसपासको मौसम प्रतिकूल बनेको थियो ।
पोखराको आकाशमा केही समय होल्ड गरेपछि जहाज लखनउतर्फ डाइभर्ट भएको पोखरा विमानस्थलले जनाएको छ ।
पोखरा विमानस्थलमा ६ बजेर १५ मिनेटमा ल्याण्ड हुने तालिका थियो ।
विमानले पोखराको आकाशमा करिब पाँच राउण्ड लगाएपछि मौसममा तत्काल सुधार नआएपछि लखनउतर्फ गएको हो ।
पोखरा विमानस्थलका अनुसार मौसममा सुधार आएपछि फ्लाई दुबईको जहाज पुनः पोखरा फर्किने तयारीमा रहेको छ ।











प्रतिक्रिया