२८ आश्विन २०८३, बुधबार

नेपालमा क्रिश्चियन धर्म प्रचार गरेर बसेका २४ कोरियाली नागरिक निष्काशित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारले २४ जना कोरियाली नागरिकलाई निष्काशित गरेको छ ।

पर्यटक भिसामा नेपाल आएर क्रिश्चियन धर्म प्रचार गरिरहेका २४ जनालाई अध्यागमन विभागले जनही ५० हजार रुपैयाँ जरिवाना गराउँदै निष्काशित गरेको हो ।

उनीहरू मोरङको सुन्दरहरैँचा नगरपालिका-७, मालाती मार्गस्थित सुन्दर डाँडा क्षेत्रमा रहेको नेपाल न्यु कभनेन्ट कलेजको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई आगामी ३ वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्काशित गरिएको हो ।