२१ कार्तिक २०८३, शनिबार

दवाव दिन थारु आन्दोलनफेरि सात गतेसम्म लम्बियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुक्मीणी चौधरी
रुक्मीणी चौधरी

काठमाडौं, ४ भदौ । थरुहट प्रदेशको मागसहित आन्दोलनमा उत्रिएका थारुहरूले आफ्नो आन्दोलनको कार्यक्रमलाई लम्बाएका छन् ।

काठमाडौंमा शुक्रबार राति बसेको संयुक्त थारु संघर्ष समितिको सचिवालय बैठकले भदौ सात गतेसम्म आफ्नो आमहड्तालको कार्यक्रमलाई लम्बाउने निर्णय गरेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष एवम् सभासद रुक्मिणी चौधरीले भदौ सात गतेसम्म तराईका जिल्लाहरूमा आमहड्तालको कार्यक्रम यथावत रहने जानकारी दिनुभयो ।

बैठकले आन्दोलनलाई थप शसक्त बनाउने निर्णय गर्दै कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ ।

थारु बाहुल्य रहेका जिल्ला र क्षेत्रलाई समेटेर प्रदेश बनाइनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको थारु समुदायले आफ्ना माग पूरा नहुँदासम्म सडक आन्दोलनलाई यथावत राख्ने जनाएको छ ।

अध्यक्ष चौधरीले ठूला चार दलका शीर्ष नेताहरूले थारुका मागलाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।

‘थारुहरूले राखेका मागलाई ठूला दलका ठूला नेताले वेवास्ता गरे’, उहाँले भन्नुभयो, ‘माग पूरा नहुँदासम्म आन्दोलन जारी रहन्छ । ठूला दलका नेताहरू गम्भीर बन्नुपर्छ ।’

सभासद चौधरीले आफूहरूको आन्दोलन शान्तिपूर्ण रहेको भन्दै सरकारलाई दमन नगर्न आग्रह पनि गर्नु भएको छ ।

नवलपरासी, कपिलवस्तु, कैलालीलगायतका जिल्ला दमन भएको बताउँदै उहाँले शान्तिपूर्ण आन्दोलन भड्काउन सरकार नै लागेको आरोप लगाउनुभयो ।

उहाँले प्रदर्शनकारीलाई संयम भएर शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पनि अपील गर्नुभएको छ । उहाँले आज तराईका जिल्लाहरूमा गृहमन्त्रीको पुत्लादहन गरिने बताउनुभयो ।

Tharu Aandolan 4 gate