काठमाडौं । भुटानी शणार्थीको कथामा विषयबस्तु बनाइएको चलचित्र ‘रिफ्युजी’ हाल सम्पादन कार्यमा छ ।
उदय सुब्बाको निर्देशन रहेको रिफ्युजी झापाको विभिन्न स्थानमा छायाँकन गरिएको हो ।
मनोजराज वान्तवा राई र दीपेश सुब्बाको संयुक्त रुपमा लगानी रहेको चलचित्र रिफ्युजीमा जीवन लुइटेल, रिस्ता बस्नेत, नीर शाह, अशोक शर्मा, ओमप्रकाश नेउरम्बा लिम्बु, सुभाष लामिछानेलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र दशैंतिहारको बिचमा प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ ।















प्रतिक्रिया