काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले व्यवस्थापिकाको नेतृत्वको जिम्मेवारी पूरा गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् ।
ज्यापू समाज यलले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले राज्यका तीन प्रमुख अङ्गहरुमध्ये व्यवस्थापिकाको नेतृत्व गर्ने र कानून निर्माण गर्ने ठाउँमा पुग्नु जनताकै आशीर्वाद भएको भन्दै जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले नयाँ पुस्ताको भविष्य निर्माण गर्न र अग्रजहरूले सुम्पिएका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षणका लागि आवश्यक कानूनहरू निर्माण गर्न बाँकी रहेको र सो दिशामा निरन्तर काम गर्ने प्रतिबद्धता पनि जनाए ।
ललितपुर केवल संस्कृति, सम्पदा र मठमन्दिरमा मात्र नभई नेवारी भाषा र संस्कृति जोगाउने, माटोलाई चिन्ने तथा देशको विविध राजनीतिक र गुठी आन्दोलनहरूमा नेतृत्वदायी भूमिका खेल्ने नेवारी समुदायको योगदानका कारण पनि धनी रहेको उनले बताए । साथै, उनले आगामी पुस्ताका लागि मौलिक संस्कृति र सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिए ।











प्रतिक्रिया