रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बैंकरोडमा एक जना व्यापारीले आत्मदाहको प्रयास गरेका छन् ।
अनुगमनका क्रममा व्यवसायीले आफूलाई अन्याय भएको भन्दै आत्मदाहको प्रयास गरेका हुन् ।
लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीले ती व्यवसायीको चामल बोकेको पिकअपमा आवश्यक कागजपत्र नभेटेको र आवश्यक कारबाहीका लागि भन्सार बुझाएपछि गल्ला पसल सञ्चालक महेश अग्रहरीले मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेका प्रहरीले जानकारी दिएको छ ।
आत्मदाह प्रयास गर्दागर्दै प्रहरीले उनको उद्वार गरेर उपचारका लागि तौलिहवा अस्पताल पठाइएको थियो । तौलिहवा अस्पतालबाट उनलाई भैरहवास्थित मेडिकल कलेजमा लगिएको छ ।











प्रतिक्रिया