काठमाडौं । ‘सायद’बाट चलचित्र निर्माताको रुपमा देखा परेका सुनिल रावल निर्माता तथा कलाकार दुबै हुन् । ‘सायद’पछि ‘होष्टल’ फिल्म बनाएका उनले यी दुबै चलचित्रको सफलतापछि अहिले ‘होष्टल रिटर्न्स्’ ल्याएका छन् ।
आफ्नै निर्माणमा बनाएको चलचित्रमा मुख्य भूमिकमा समेत अभिनय गर्दै आएका रावल अभिनय भन्दापनि ब्यावसायका लागि चलचित्र निर्माण गर्ने मध्यका एक हुन् ।
‘सायद’, ‘होष्टल’देखि अहिलेको ‘होष्टल रिटन्र्स्’सम्म आउँदा सबै चलचित्रमा युवाको कथा उठाएका उनले चलचित्रमा युवाको कथा रुचाइने बताए ।
उनको पछिल्लो चलचित्र ‘होष्टल रिटर्न्स्’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । बन्द र आमहड्तालले चलचित्र बजारलाई नराम्रोसँग प्रभावित बनाइ रहेका बेला यो फिल्म रिलिज हुन थालेको हो ।
वैशाख मै प्रदर्शन गर्ने तयारी गरेका रावलको यो चलचित्र भूकम्पको कारणले सरेर अहिले भदौमा आएको हो ।
एक जिज्ञसामा उनले भने, ‘मेरो पछिल्लो चलचित्र ‘होष्टल रिटर्न्स्’ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । अहिले यसैको प्रचार प्रसार र बिभिन्न जिल्लामा चलचित्रको पोष्टर पम्प्लेटलगायतका सामाग्री पुर्याउनमा नै लागी परेको छु ।’
उनको फिल्मलाई कतिपय ठाउँहरुमा बन्दका कारणले चलचित्रको बिभिन्न प्रचार सामाग्री पुगाउन समसया परेको छ । बन्दका बाबजुद पनि रावलले प्रचार सामाग्री पुर्याएको बताए ।
भूकम्पको प्रभाव नेपाली चलचित्रमा परेको बताउने रावलले अब चलचित्रको बजार सुधार भएर गएको उल्लेख गर्छन् ।
उनले ‘होष्टल’पछि दुई वर्षको अन्तरालमा आफूले ‘होष्टल रिटन्र्स्’ चलचित्र ल्याउन लागेको बताए ।
‘मैले होष्टल रिटर्न्सको कथा तथा पटकथा धेरै रिसर्च गरेर तयार परेको छु’, उनले भने, ‘चलचित्रको निर्माण समयमा पनि हरेक पक्षको ख्याल गरेको छु । त्यसैले मेरो अघिल्लो दुई चलचित्र जस्तै यसबाट पनि आस छ मलाई । मिहेनत गरेर राम्रो चलचित्र बनाएपछि त्यसबाट आस हुनु स्वभाविक हो । मैले यस चलचित्रबाट पनि सफलता पाउँछु ।’
निर्माता रावले ‘होष्टल रिटर्न्स’मा टाइटल मात्र सिक्वेल रहेको बताउँछन् । उनले भने, ‘कथा परिवर्तन छैन । होष्टलमा मैले मेडिकल कलेजको कथा उठाएको थिए । अहिले इन्जिनियरिङ कलेजको कथा उठाएको छु । चलचित्रको कलाकार पनि सबै फरक छन् । यसमा पहिलो सिक्वेलको थोरै मात्र मिल्दोछ । नत्र सबै फरक छन् ।’
चलचित्रले कस्तो ब्यवासाय गर्ला जस्तो लागेको छ ? भन्ने जिज्ञासामा राववले भने, ‘मैले चलचित्रको निर्माणदेखि प्रचार प्रसारसम्म राम्रो गरेको छु । त्यसैले यसले परिणाम पनि राम्रो ल्याउँछ भन्ने लागेको छ । हरेक बिज्नेश अहिले भगवान भरोसामा चलेको छ । मेरो चलचित्र पनि त्यसबाट अछुतो छैन ।’















प्रतिक्रिया