
काठमाडौं, ४ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आह्वानमा भएको बन्दको छैटौं दिन बिहीबार पनि पूर्वका जिल्लाको जनजीवन प्रभावित भयो ।
विभिन्न ठाउँमा आन्दोलनकारीले प्रदर्शनलाई निरन्तरता दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
केहीमा बन्दकर्ताले मोटरसाइकललगायत सवारी तोडफोड गरे ।
सप्तरी, सिरहा, मोरङ, सुनसरी, उदयपुर, महोत्तरी, धनुषा, झापालगायत जिल्लामा जनजीवन कष्टकर बनेको छ ।
यातायात चलेका छैनन् । शिक्षण संस्था, औद्योगिक क्षेत्र ठप्पै छन् । लामो समयदेखिको बन्दले उपभोग्य वस्तु ढुवानी हुन नपाएर अभाव हुन थालेको छ ।















प्रतिक्रिया