काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताएका छन् ।
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद सिंहले रास्वपा भित्र कुनै पनि किसिमको अन्तरविरोध नरहेको र सबै नेता–कार्यकर्ता एकीकृत रहेको बताएका हुन् ।
उनले आफुहरु सत्ता पक्षमा रहे पनि संसदमा जनताका मुद्दा र आवाजहरू निरन्तर उठाउनु जनप्रतिनिधिको मुख्य कर्तव्य रहेको धारणा राखे । सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै वर्तमान सरकार ५ वर्षसम्म चल्ने र सफल हुने बताए ।
उनले सरकारलाई चौतर्फी सहयोग गरेर देशमा सकारात्मक परिवर्तन ल्याउन ५ वर्ष नै काम गरिने उल्लेख गरे ।











प्रतिक्रिया