२८ आश्विन २०८३, बुधबार

‘कुरा त्यही हो हजुर, धन्यवाद’ मात्रै बोलेर बसे सांसद राई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सबैको ध्यान आफूतिर ताने। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरेलगत्तै राई आफ्नो ठाउँबाट उठे।

सांसद राई उठेपछि सभामुख अर्यालले पनि ‘किन उठ्नुभएको हो, आफ्ना कुरा राख्नुस्’ भन्दै बोल्ने अवसर दिए। अब केही महत्वपूर्ण कुरा आउँछ भन्ने अपेक्षा भइरहेका बेला राईले माइक समाउँदै भने, ‘सम्माननीय सभामुख महोदय, कुरा त्यही हो हजुर, धन्यवाद।’

यति भन्दै उनले आफ्नो कुरा टुंग्याए र फेरि बसे। राईले लामो भाषण गर्लान् भनेर बसेका सांसदहरू उनको छोटो सम्बोधन सुनेपछि हाँस्न थाले।

श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री बालेन साहको विवादास्पद अभिव्यक्तिलाई लिएर संसदमा निरन्तर आवाज उठाउँदै आएको छ।