२१ कार्तिक २०८३, शनिबार

भैरहवामा भोली विहान ५ बजेसम्म कर्फ्यू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band (1)– नरेश केसी
भैरहवा, ३ भदौ । सीमांकनको विरोध गर्दै आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट संघर्ष समितिको प्रदर्शनले उग्ररुप लिएपछि भैरहवामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

बन्द आयोजक मधेसी मोर्चाका संयोजक महेन्द्र यादवले सरकारलाई जनताले झुकाएरै छाड्ने दाबी गर्दै आन्दोलनको नेतृत्व गर्दै बेलहियातिर हानिएको केही बेरमै आन्दोलनले रुप फेरेको थियो ।

बन्द आयोजकहरुले लाठी, मोर्चा सम्बद्ध झण्डा ,फलामका रड लिएर बजार बन्द गराउदैं हिहिडरेका बेला स्थानीयहरुको समुहले बन्दविरुद्ध नेपालको राष्ट्रिय झण्डा, लाठी सहित प्रतिवादमा उत्रिएपछि थप अप्रिय घटना हुन नदिन कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासनले सम्भाब्य दुर्घटनालाई रोक्न आज विहीवार सांझ ८ बजेदेखी भोली शुक्रबार विहान ५ बजेसम्म भैरहवामा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जनाए अनुसार पूर्वमा बसन्तपुर, पश्चिममा गौतमबुद्ध विमानस्थल, उत्तरमा पडसरी र दक्षिणमा बेलहियादेखी भित्रको भागमा कर्फ्यू लगाइएको छ ।