२१ कार्तिक २०८३, शनिबार

‘गृहमन्त्रीको आदेशमा प्रहरीले घैंटेको हत्या गर्‍यो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kumar-gaite-3

काठमाडौं, ३ भदौं । नेपाली काँग्रेसका नेता तथा सभासद् जगदिशनरसिंह केसीले सुनियोजित ढंगबाट गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’को हत्या गरिएको बताएका छन् ।

घैंटे मारिएपछि शिक्षण अस्पताल पुगेका नेता केसीले भने-‘यो इन्काउन्टर होइन, गृहमन्त्रीको आदेशमा प्रहरीले घैंटेलाई मारेको हो । मानव अधिकारवादी के हेरेर बसेका छन् ?’

कांग्रेसका कार्यकर्ता समेत रहेका घैंटे मारिएपछि नेता केसीले घरभित्र खाना खाइरहेका घैंटेको छातीमा गोली ठोकेर प्रहरीले हवाइ फायरको नाटक गरेको आरोप लगाए ।

‘मास्क लगाएका ५/६ जना मान्छे घरभित्र छिरेर उसको देब्रे साइडमा ५÷६ वटा गोली हानेको छ । त्यसपछि ती ५÷६ जनाले त्यहीँबाट हवाइ फायर गरे । किनभने उनीहरुलाई नाटक मञ्चन गर्नुपर्ने थियो । तर यो इन्काउन्टर होइन, सिभिल प्रहरीले मास्क लगाएर सिधै छातीमा गोली हानेको हो ।’ उनले भने ।

नेपाली कांग्रेस निकटको काम गरिरहेको कार्यकर्तालाई गृहमन्त्रीको आदेशमा प्रहरीले हत्या गरेको उनको आरोप छ । ‘प्रहरी र गृहमन्त्रीको मिलेमतोमा नाटक मञ्चन गरेर घैंटेलाई मारियो यो खेदपूर्ण रहेको छ ।’ उनले भने । नेता केसीले यो घटनाबारे संसदमा आवाज उठाउने चेतावनी समेत दिए ।

घैंटेले केसीको राजनीतिक गतिविधिमा सहयोग गर्दै आएका थिए । अवैध चन्दा असुली र गुन्डा गर्दी गर्दै आएका घैंटेको नाम प्रहरीको मोस्ट वान्टेट सूचीमा थियो ।