२८ आश्विन २०८३, बुधबार

मनाङको हिम्लुङ हिमालको हिमपहिरोमा बेपत्तामध्ये दुईजनाको शव फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको छ। प्रहरीले शव भेटिए पनि उनीहरूको पहिचान खुलिनसकेको जनाएको छ।

नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालको बेसक्याम्प क्षेत्रमा आइतबार हिमपहिरो गएको थियो। घटनापछि करिब १२ जना आरोही बेपत्ता भएको आशंका गरिएको छ।

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर परिचालन गरिएको छ भने थप खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।