२८ आश्विन २०८३, बुधबार

मुगुमा जडीबुटी खोज्ने दुई समूहबीच झडप, एक जनाको मृत्यु, दुई बेपत्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुगुमा जडिबुटी खोज्ने दुई समूहबीच झडप भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिका र हुम्लाको चंखेली गाउँपालिकाको सीमावर्ती क्षेत्रमा रहेको मिमी सामुदायिक वन क्षेत्रमा दुई समूहबीच झडपपछि भाग्ने क्रममा लेक लागेर एक जना जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुगुम कार्मारोङ गाउँपालिका– ९ का २२ वर्षीय गणेशबहादुर बुढा रहेका छन् । घटनामा दुई जना बेपत्ता भएका छन् ।

गाउँपालिकाले जडीबुटी संकलनका क्रममा झडपपछि बेपत्ताहरूको खोज गरिदिन आइतबार जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेपछि घटना बाहिर आएको हो ।

उनीहरू २ असोजमा जडीबुटी संकलन गर्न घरबाट निस्किएका थिए । जडीबुटी खोज्न गएका १३ मध्ये १० जना सम्पर्कमा आएका छन् । बेपत्ताको खोजी भइरहेको छ ।