काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले मध्यराति काठमाडौंको बाँसबारीस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुर्याएको छ।
प्रहरी टोली राति करिब १२ बजे राणाको घर पुगेको थियो। प्रहरीले उनलाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै सुरक्षाका लागि लैजान लागेको बताएपछि राणाले भने पक्राउको आधार र कानुनी प्रक्रिया स्पष्ट पार्न माग गरेका थिए।
राणाले सुरक्षा जोखिम भए निवासमै सुरक्षाकर्मी बढाउनुपर्ने तर्क गर्दै आफूलाई किन नियन्त्रणमा लिन लागिएको हो भन्ने प्रश्न गरेका थिए। प्रहरी र राणाबीच करिब एक घण्टा छलफल भएपछि उनी आफैं गाडी चलाएर प्रहरी टोलीसँगै टेकु गएको बताइएको छ।
प्रहरीले जेन–जी समूहसँग जोडिएको अनलाइन छलफलमा राणामाथि सुरक्षा खतरा रहेको विषय उठेको र त्यसकै आधारमा उनलाई सुरक्षित स्थानमा ल्याउन आदेश भएको जनाएको छ। यद्यपि, प्रहरीले राणालाई नियन्त्रणमा लिनुको विस्तृत कारण भने सार्वजनिक गरेको छैन।
राणाका परिवार तथा निकटस्थहरूले पनि सुरक्षा खतरा भए निवासमै सुरक्षा व्यवस्था मिलाउनुपर्ने भन्दै उनलाई प्रहरी कार्यालय लैजानुको कारणबारे राज्यले स्पष्ट पार्नुपर्ने बताएका छन्।











प्रतिक्रिया