२८ आश्विन २०८३, बुधबार

उपल्लो मुस्ताङमा वर्षा र हिमपात : बालीनाली नष्ट, भूकम्पपीडितको विचल्ली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार भइरहेको वर्षा र हिमपातका कारण स्थानीय जनजीवन कष्टकर बनेको छ । बाली भित्र्याउने मुख्य समयमै मौसम प्रतिकूल बनेपछि खेतबारीमा पाकेको अन्नबाली नष्ट हुनुका साथै भूकम्पपीडितहरूको विचल्ली भएको हो ।

केही समयअघिको भूकम्पबाट प्रभावित भई पाल तथा चर्किएका घरमा बसोबास गरिरहेका नागरिकहरू वर्षा र हिमपातका कारण बढी प्रभावित भएका छन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार भत्किएका र चर्किएका घर तथा पालभित्र पानी पसेपछि भूकम्पपीडितहरू चिसोमा रात बिताउन बाध्य छन् ।

वर्षा र हिमपातले बस्तीमा मात्र नभई किसानको वर्षभरिको मिहिनेत समेत खेर फालेको छ । पाकेको बाली भित्र्याउने बेलामै हिउँ र पानीले नष्ट गरेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन् ।

अत्यधिक चिसो बढेकाले अध्यक्ष गुरुङले सर्वसाधारणलाई धैर्य र सतर्क रहन अपिल गरेका छन् । वर्षा र हिमपात रोकिएपछि मात्र क्षतिको पूर्ण र यकिन विवरण आउने गाउँपालिकाले जनाएको छ ।