२१ कार्तिक २०८३, शनिबार

घैंटेको सुनियोजित हत्या : काँग्रेस नेता केसी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjun-narsing-kcकाठमाडौं, ३ भदौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सुनियोजित ढंगबाट गुण्डा नाइके कुमार लामा ‘घैंटे’को हत्या गरिएको बताएका छन् ।

कांग्रेसका कार्यकर्ता समेत रहेका घैंटे मारिएपछि भेट्न अस्पताल पुगेका केसीले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै घैंटमाथि इन्काउन्टर नभएर सुनियोजित ढंगबाट हत्या गरिएको टिप्पणी गरे ।

घैंटेले केसीको राजनीतिक गतिविधिमा सहयोग गर्दै आएका थिए । घैंटेमाथि गोली प्रहार भएपछि केसीसहितका केही काँग्रेस नेता महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेका थिए ।

मान्छे मार्न नपाइने भन्दै केसीले घैटेको हत्या गरेर प्रहरीले कानुनको धज्जी उडाएको आरोप लगाए । अवैध चन्दा असुली र गुन्डा गर्दी गर्दै आएका घैंटेको नाम प्रहरीको मोस्ट वान्टेट सूचीमा थियो ।