२८ आश्विन २०८३, बुधबार

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका कारण कोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ।

शुक्रबार बिहान ९स्१५ बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार ६८० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीले जानकारी दिए।

जलस्तर बढेपछि ब्यारेजका कुल ५६ वटा ढोकामध्ये २४ वटा ढोका खोलिएका छन्। पानीको उच्च बहावसँगै ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डा समेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमानका साथ जलस्तरको निरन्तर अनुगमन भइरहेको छ।

नदीको बहाव बढेसँगै तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागले असोज ११ गतेसम्म कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ।