२८ आश्विन २०८३, बुधबार

रौतहटमा एमाओवादी फुट्यो, प्रचण्ड पक्ष नै अवैधानिक, रसुवामा कुटाकुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baburam

काठमाडौं । रौतहटमा एमाओवादी विभाजित भएको छ ।

जिल्ला सम्मेलनका विषयमा चर्को विवाद भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर र बाबुराम भट्टराई पक्षधर दुई चिरामा बिभाजित भएका हुन् । दुवै पक्षले मंगलबार छुट्टाछुट्टै जिल्ला सम्मेलन आयोजना गरेको छ ।

सभासद् अशोक जयसवालको अगुवाईमा प्रचण्ड पक्षले गेडहीगुठी गाविसमा जिल्ला सम्मेलन आयोजना गरेको छ भने त्यसलाई चुनौती दिँदै बाबुराम पक्षले धरहरी गाविसमा सम्मेलन गरेको छ । भट्टराई पक्षको नेतृत्व पूर्वमन्त्री प्रभु साह र पूर्वसभासद देवेन्द्र पटेल लगायतले गरेका छन् । जिल्ला संयोजक विन्देश्वर यादव समेत बाबुराम पक्षमै लागेका छन् । उनले प्रचण्ड पक्षले आयोजना गरेको सम्मेलन आधिकारिक नभएको बताएका छन् ।

रौतहटमा एमाओवादी भित्रको कलह गाउँ कमिटी सम्मै पुगेपछि समानान्तर समिति बनेका थिए । जसले गर्दा गाविसस्तरीय कमिटी गठन र प्रतिनिधि चयनमा समेत चरम गुटबन्दी र समानान्तर कमिटी बनेका थिए ।

यता, एकीकृत माओवादी रसुवाको चौथौं जिल्ला सम्मेलनमा कुटाकुट भएको छ ।

बाबुराम भट्टराई पक्षधर जिल्ला नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

भट्टराई पक्षधर पूर्वसभासद प्रेम तामाङले सम्मेलनमा आफू निकटलाई जिल्ला सदस्य बनाउनुपर्ने भन्दै संस्थापन पक्षका २ जनालाई मरणासन्न हुनेगरी कुटपिट गरेको बताइएको छ । तामाङको निर्देशनमा निर्मल, बिक्रम, र भारुकु निरबु तामाङ लगायतको कुटाइबाट सोमबहादुर तामाङ र मालफुर्वा तामाङ गम्भिर घाइते भएका छन् । उनीहरु दुबै जना पत्रकार हुन् । सोमबहादुर पत्रकार महासंघ रसुवाका अध्यक्ष हुन भने मालफुर्वा सदस्य हुन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । सम्मेलनको उद्घाटन सकिएर नेतृत्व चयनका बिषयमा छलफल हुन लाग्दा कुटपिट भएको हो ।

तामाङले सम्मेलन भाँड्न भाडामा गुण्डाहरुलाई हतियार सहित गुण्डाहरु खटाएको संस्थापन पक्षको आरोप छ ।