बुटवल । भारी वर्षाको पूर्वानुमान अनुसार बुटवलका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
८ असोजमा दिवासत्रका सबै कक्षा बन्द रहनेछन् भने, ९ असोजमा बिहानी र दिवा दुवैसत्रका कक्षा सञ्चालन नहुने उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले जोखिमयुक्त समयमा बालबालिकालाई सुरक्षित राख्न अभिभावकलाई आग्रह गर्दै बालबालिकालाई खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।











प्रतिक्रिया