२८ आश्विन २०८३, बुधबार

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भएको भेटवार्तामा फिनल्यान्डका विदेशमन्त्री भाल्टोनेनले नेपालमा हालैको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले फिनल्यान्डका विदेशमन्त्री भाल्टोनेनलाई नेपाल र नेपालीप्रति देखाएको सद्भावप्रति धन्यवाद दिए ।

उनीहरुबीच नेपाल–फिनल्यान्ड सम्बन्धका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विविध विषयमा विचार आदानप्रदान भएको थियो । साथै, आपसी हितका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत उनीहरुबीच छलफल भएको थियो ।