२८ आश्विन २०८३, बुधबार

जेन–जी शहीदका परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिने व्यवस्था गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले तयार गरेको ‘जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ अनुसार शहीदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर र अति गम्भीर घाइते परिचयपत्र प्राप्त व्यक्तिले सुविधा पाउनेछन् ।

मापदण्डअनुसार आधारभूत र माध्यमिक तहमा अध्ययन गर्ने लाभग्राहीलाई निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्यसामग्रीका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ । स्नातक तहमा भने विश्वविद्यालयका छात्रवृत्ति कोटामा निश्चित हिस्सा छुट्याइने र त्यसमा छनोट हुन नसकेकालाई विश्वविद्यालय अनुदान आयोगमार्फत छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

सुविधा लिन विद्यार्थीले आवश्यक कागजातसहित सम्बन्धित विद्यालय वा क्याम्पसमार्फत आवेदन दिनुपर्नेछ । सरकारले सहिद परिवार र घाइतेलाई आधारभूत तहदेखि उच्च शिक्षासम्म अध्ययनको अवसर सुनिश्चित गर्ने उद्देश्यले मापदण्ड तयार गरेको जनाएको छ।