काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अमेरिका प्रस्थान गरेका छन्।
न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुन उनी मंगलबार साँझ कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका हुन् ।
उनलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्नेछन् । दोहाबाट प्रधानमन्त्री बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन् । उनीलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नेछन् ।
सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन् । त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्ने कार्यतालिका छ । त्यसलगत्तै प्रधानमन्त्री शाह उनको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरुले आयोजना गर्ने समारोहमा सरिक हुने कार्यक्रम छ ।
प्रधानमन्त्री बालेनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो।











प्रतिक्रिया