धनगढी । कैलालीको टीकापुरमा एक युवकमाथि धारिलो हतियार (खुँडा) प्रहार भएको छ ।
टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएको अज्ञात समूहले साउदमाथि एक्कासि खुँडा प्रहार गरेको थियो । आक्रमणबाट घाइते भएका साउदको दाहिने हात र खुट्टामा गम्भीर चोट लागेको छ ।
प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको र हाल उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र उनीहरूको तीव्र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको कारणबारे पनि आवश्यक अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया