काठमाडौं, ३ भदौ । गृहमन्त्री वामदेव गौतमका स्वकीय सचिव बिजयविराज बिष्टमाथि गाडी चोरीको आरोप लागेको छ ।
उनले राष्ट्रिय सूचना आयोगको गाडी बेपत्ता बनाएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
सूचना आयोगकी सदस्य यशोधा तिमिल्सिनाले प्रयोग गर्ने गाडी केही समयका लागि भनेर बिष्टले लिएर हिडेका थिए ।
तर मदिराको तालमा उनी साथीहरुसग पूर्व घुम्न गएकोमा गाडी अहिलेसम्म फिर्ता गरेका छैनन् । गाडी फिर्ता नगरेपछि सूचना आयोगले गृह मन्त्रालयलाई फिर्ता गर्न आग्रह गर्दै पत्राचार गरेको छ ।
पटक पटक गाडी फिर्ता माग्दा पनि बिष्टले नदिएपछि सूचना आयोगले लिखित रुपमै पत्राचार गरेको हो । गृहले त्यससम्बन्धमा छानिबन गर्ने जिम्मेवारी सहसचिव धनराज ज्ञवालीलाई दिएको छ ।
बिष्टले झुक्याएर लिएर गएको गाडी तीन महिनाअघि सप्तरीको रुपनी गाविसस्थित राजमार्गमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा बिष्टसहित तीन जना घाइते भएका थिए । घाइते भएकाहरु उपचारपछि ठीक भइसकेका छन् भने गाडीको अवस्था उस्तै छ ।
मर्मतका लागि धेरै पैसा लाग्ने भएकाले गाडी अलपत्र परेको हो । जसका कारण सूचना आयोगकी आयुक्त तिमिल्सिना गाडीविहीन छन् ।
अझै गाडी नदिए चोरीको उजुरी प्रहरीमा हाल्ने तयारी उनको छ । मन्त्री गौतका पीए बिष्ट उदण्ड स्वभावका मानिन्छन् ।
यसअघि गोकर्ण रिसोर्टमा एमाले नेताहरुको नाचगानको फोटो सार्वजनिक गरेर उनी विवादमा तानिएका थिए ।
उक्त घटनामा उनलाई हटाउन पार्टीबाट माग भएपनि माफी मागेर जागिर जोगाएका थिए । उनले प्रहरीको सरुवामा पनि पैसा उठाउदै आएको स्रोत बताउ“छ ।















प्रतिक्रिया