५ कार्तिक २०८३, बिहिबार

नेपालीलाई कडाइ गर्न मलेसियाले भारतबाट सेक्युरिटी गार्ड लैजाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysiaकाठमाडौं, ३ भदौ । मलेसियाले सेक्युरिटी गार्डमा नेपालीलाई थप कडाइ गर्ने भएको छ ।

नेपाली कामदारलाई कडाइ गर्नका लागि मलेसियाले भारतबाट समेत सेक्युरिटी गार्डमा कामदार लिने भएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यसभन्दा अघि मलेसियाले १४ मुलुकबाट कामदार लिए पनि सेक्युरिटी गार्डमा भने नेपालबाट मात्र कामदार लिँदै आएको छ ।

मलेसियाका सञ्चारमाध्यमका अनुसार भारतको पञ्जाब, महाराष्ट्र र गुजरात राज्यका बासिन्दालाई सेक्युरिटी गार्डमा लिइनेछ ।

श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठले मलेसियाले अन्य मुलुकबाट पनि कामदार लिन चाहनु उसको अधिकारको विषय भएको बताए ।

मलेसियाले नेपाली कामदार ल्याउन महँगो परेपछि अन्यत्रबाट सेक्युरिटी गार्ड लिन चाहेको श्रम मन्त्रालयले बतायो ।

नेपालबाट वार्षिक रुपमा ३० देखि ५० हजार सेक्युरिटी गार्डमा मलेसिया जाने गरेको व्यवसायीको अनुमान छ ।