२८ आश्विन २०८३, बुधबार

युट्युबर मनोज मानव पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युट्युबर मनोजकुमार महतो (मानव) पक्राउ परेका छन् ।

चतरा पुलस्थित एक होटलबाट उनलाई उदयपुर प्रहरीको सहयोगमा सिरहा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

लहान नगरपालिका–२४ का बासिन्दा महतोविरुद्ध सिरहा प्रहरीमा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पारेको कसुरमा जाहेरी दर्ता छ । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसअघि पनि पटकपटक साइबर अपराध कसुरमा पक्राउ पर्दै रिहा भएका उनीविरुद्धका मुद्दाहरू अझै अदालतमा विचाराधीन छन् ।