५ कार्तिक २०८३, बिहिबार

छ घण्टा लामो छलफलमा पनि कुरा मिलेन, संख्या बनाउन नयाँ प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३ भदौ । देशका विभिन्न भागमा भइरहेका आन्दोलनको माग सम्बोधन गर्ने गरी सीमांकनको पुनरावलोकनको तयारीमा रहेका प्रमुख दलका शीर्ष नेताबीच प्रदेश संख्यामा फेरि विवाद भएको छ ।

कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेता सम्मिलित विशेष समितिको बुधबार अबेररातिसम्म बसेको बैठकमा विवाद बल्झिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

६ प्रदेशको प्रस्तावित सीमांकनप्रति असन्तुष्टि जनाउँदै आन्दोलित पश्चिम तराई, मध्यपपश्चिम र कर्णालीको माग सम्बोधन गर्ने गरी विभिन्न विकल्पमा नेताहरुबीच ६ घण्टा छलफल भएको थियो।