काठमाडौं । सामाजिक सञ्जालमा अश्लील, भ्रामक र गलत प्रचारप्रसार गर्नेहरूविरुद्ध डिजिटल निगरानी गर्ने उद्देश्यसहित नेकपा (एमाले)ले ‘अप्रेसन ऐना’ अभियान सुरु गरेको छ ।
एमालेले शनिबार भिडियो सन्देश जारी गर्दै ‘तपाईंले लेखेको, समाजले देखेको’ स्लोगनसहित अभियान सुरु गरिएको जानकारी गराएको हो ।
अभियानले सामाजिक सञ्जालमा गालीगलौज, अश्लील टिप्पणी, भ्रम फैलाउने गतिविधिमाथि निगरानी गर्ने बताइएको छ ।
सामाजिक सञ्जालमा अश्लील टिप्पणी गर्ने व्यक्तिहरूका गतिविधि उनीहरूकै घरपरिवार र समाजसम्मै जानकारी गराउने उद्देश्य अभियानको रहेको छ ।
एमालेले यस्तो अभियानमार्फत सामाजिक सञ्जाललाई थप सभ्य र जिम्मेवार बनाउन खोजिएको जनाएको छ ।
‘अप्रेसन ऐना’लाई एमालेले भ्रम फैलाउने, गालीगलौज गर्ने र प्रोपोगन्डा फैलाउने गतिविधिविरुद्धको डिजिटल निगरानी अभियानका रूपमा अघि बढाएको हो । साथै, अभियानले सामाजिक सञ्जालमा गरिएका आपत्तिजनक टिप्पणीको सामग्री सम्बन्धित व्यक्ति तथा उनका घरपरिवारसम्म पुर्याउन समेत आग्रह गरेको छ ।











प्रतिक्रिया