चितवन । चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’को मृत्यु भएको छ । शनिबार बिहान बिसहजारी ताल नजिकै हात्ती मृत फेला परेको थियो ।
सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको थियो ।
अग्लो ठाँउमा रहेको तारसँगै रहेको घाँसलाई हात्तीले तान्दा घाँससँगै तार समेत चपाउँदा करेन्ट लागेर हात्तीको मृत्यु भएको अनुमान गरिएको छ ।
अन्दाजी ४५ वर्षको हात्ती लामो समयदेखि चितवन राष्ट्रिय निकुञ्ज, खोरसोर वन क्षेत्र तथा आसपासका मध्यवर्ती वन क्षेत्रमा विचरण गर्दै आएको थियो ।
हात्तीको आजै धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको निकुञ्जले जनाएको छ ।











प्रतिक्रिया