२८ आश्विन २०८३, बुधबार

माथिल्लो त्रिशूली–१ को सुरुङमा थप ११ शव फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट थप ११ शव निकालिएको छ ।

नेपाली सेनाका अनुसार शनिबार अडिट–३ सुरुङबाट ११ शव फेला पारेर बाहिर निकालिएको हो ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा टनेलभित्रको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शवहरू फेला पारेको हो ।

सुरुङभित्र फसेका तथा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।