२१ कार्तिक २०८३, शनिबार

आन्दोलनमा मरे मधेसी मोर्चाले ५० लाख दिने !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थरुहट/मधेस प्रदेशका लागि भइरहेको आन्दोलनमा घाइते भएकाको रेखदेख र उपचारको व्यवस्था गर्ने भएको छ ।

मधेसी मोर्चाको बुधबार बसेको बैठकले गठवन्धनले आहृवान गरेको बन्दका क्रममा आन्दोलनका क्रममा कसैले ज्यान गुमाए प्रदेशिक सरकार बनेपछि पीडित परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । साथै उसले मृतकको परिवारका एक सदस्यलाई रोजगारी र निःशल्क शिक्षा दिने मोर्चाले बताएको छ ।

बैठकले आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारीको रेखदेख र उसको सम्पूर्ण उपचार खर्च बन्दोबस्त गर्ने उद्देश्यले मोर्चा आवद्ध दलहरुबाट नाम मागी एउटा केन्द्रीय उपचार समिति गठन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समितिको नाममा खाता खोली उपचार कोष खडा गर्ने र सहयोगको लागि आह्वान गर्ने निर्णय भएको मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, बैठकले धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाडौँ, भैरहवा, नेपालगञ्ज, धनगढीमा मोर्चाआवद्ध घटकहरु सम्मिलित स्थानीय उपचार समिति बनाउने निर्णय पनि गरेको छ ।

मोर्चाले आन्दोलनलाई शसक्त र प्रभावकारी वनाउन एउटा केन्द्रीय आन्दोलन परिचालन र संयोजन समिति पनि बनाउने भएको छ ।

सङ्घीयताको आन्दोलनलाई अझ शसक्त बनाउन समान अवधारणा बोकेका पार्टी, सङ्गठन र संस्थाहरु त्था थारु, मुस्लिम, जनजाति, खसलगायतका सङ्गठनहरुसँग सहकार्य गर्न गठबन्धन बनाउने निर्णय पनि बैठकले गरेको मोर्चाले जनाएको छ । रासस

press realese 2