कैलाली । बाजुराका चेतन अयडीको हत्या मुद्दामा जिल्ला अदालत बाजुराले ६ जना प्रतिवादीलाई जन्मकैदको सजाय सुनाएको छ भने १८ जनालाई सफाइ दिएको छ।
जिल्ला अदालत बाजुराका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनसम्म मुद्दाको सुनुवाइ गरेपछि बिहीबार फैसला सुनाएको हो। अदालतले पुर्पक्षका क्रममा थुनामा रहेका सात प्रतिवादीमध्ये धनराज थापा, शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी र जीवन अयडीलाई जन्मकैदको सजाय तोकेको हो।
सोही मुद्दामा प्रतिवादी बनाइएका १८ जनालाई भने अदालतले दोषी ठहर नगरी सफाइ दिएको छ। यस्तै, चार वर्षदेखि पुर्पक्षका क्रममा थुनामा रहेका पदम अयडीलाई अदालतको फैसलापछि रिहा हुने भएका छन्।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुरामा भएको विवादपछि चेतन अयडीको हत्या भएको थियो। उक्त घटनासम्बन्धी मुद्दामा लामो समयदेखि अदालतमा सुनुवाइ हुँदै आएको थियो।











प्रतिक्रिया